सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा निर्माण गरिएको अनाथ आश्रम हस्तान्तरण

२०७६ वैशाख २६, ०७:०५ खबर संवाददाता

नेपालका कान्छा अभियान्ताको रुपमा परिचित केपी खनालको नेतृत्वमा बाजुरामा निर्माण भएको अनाथ आश्रम उद्धघाटन र हस्तान्तरण गरिएको छ। महानायक राजेश हमाल सहितको टोली बाजुरा पुगेर अनाथ आश्रम हस्तान्तरण गरिएको हो। अनाथ आश्रम कन्सर्न बाजुरा संस्थालाइ हस्तान्तरण गरिएको हो। महानायक हमालसंगै कान्छा अभियान्ता खनाल, समाजसेवी लोकवहादुर चन्दन, शिवराज कार्की, गायक टंक तिमल्सिना र तिलक बस्नेत लगायतको टोली बाजुरा पुगेको थियो। बाजुराको बूढीगंगा नगरपालिकाको ब्रह्मतोलामा अनाथ आश्रम निर्माण सम्पन्न भएको हो। “सके हजार नसके प्रचार” अभियान संचालन गरि ५० लाखमा अनाथ आश्रम निर्माण गरिएको अभियान्ता खनालले बताए। 

मानव विकास सुचांकमा नेपालको सबैभन्दा पुछार अर्थात ७७ औँ जिल्लाको रुपमा रहेको बाजुरामा आश्रय नपाएर समस्यामा परेका अनाथ बालबालीकाहरुलाई सहयोग गर्ने योजना अनुसार अनाथ आश्रम बनाईएको खनालले बताए। अनाथ आश्रममा ५० भन्दा बढि अनाथ बालबालीकाहरुलाई आश्रय दिने व्यवस्था गरिएको छ। बाजुरा बाहेका जिल्लाहरुमा पनि अनाथ तर आश्रय समेत नपाएर समस्यामा परेका बालबालीकाहरुलाई अनाथ आश्रममा राख्ने योजना अभियान्ता खनालको छ। क्लीन काष्ठमान्डप अभियानबाट चर्चामा आउनुभएका कैलालीका खनाल ‘म बदलिन्छु मेरो देश बदलिन्छ’, ‘दशा लागेकालाई यो दशैं’, ‘भोकै छ जुम्ला’ लगायतका अभियान सञ्चालन गरेर सामाजिक कार्यमा सक्रिय रहेका छन्। 

कमेन्ट लोड गर्नुस