सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२०८० पुष २७, १२:३२ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा शुक्रबार देखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन्।

२१ सामुदायिक र २१ संस्थागत गरी ४२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता पुस २९ गतेसम्म चल्नेछ। प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने छ। प्रतियोगिता  सरस्वती मावि गेटामा सञ्चालन भइरहेको छ।

कमेन्ट लोड गर्नुस