सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको त्रिनगर माविका चार वटा सटरको सम्झौता नै गायब

२०७६ वैशाख २६, ०६:४६ जनक विष्ट

विना प्रतिस्पर्धा वषौँदेखि भाडामा दिईएका त्रिनगर माध्यमिक विद्यालयका चारवटा सटरहरुको सम्झौता नै गायब पारिएको छ। विद्यालयले आफ्नो स्वामित्वमा रहेका ३९ मध्ये ३६ सटरहरु व्यापारिक प्रयोजनका लागि टेण्डर प्रक्रिया विना नै भाडामा लगाएको भएपनि चारवटा सटरको सम्झौता गायब पारिएको हो। विद्यालय प्रशासनले व्यापारिक प्रयोजनका लागि विना टेण्डर भाडामा लगाएका ३२ सटरको सम्झौता पत्र उपलब्ध गराएपनि चार वटा सटरको सम्झौता पत्र नभेटिएको जनाएको छ। 

त्रिनगर माध्यमिक विद्यालय प्रशासनले नयाँ शपिङ कम्पलेक्सका १४ वटा सटर मध्ये चार वटा सटरको सम्झौता पत्र नभेटिएको बताउनुभयो। विद्यालय प्रशासनले पनि सम्झौता पत्र कहाँ गए भन्ने विषयमा आफूलाई जानकारी नभएको बताएको छ। विद्यालयका अनुसार नयाँ कम्पलेक्समा सटर भाडामा लिएर व्यापार गर्दै आएका प्रविण श्रेष्ठ, धिर्कराज अवस्थी, जाकिर जमिल अहमद र नारायण प्रसाद भट्टसंगको सम्झौता भेटिएको छैन्। तर उनीहरुले सटर भाडा वापत मासिक तीन हजार देखि सात हजार एक सय ५० रुपैया सम्म भाडा तिर्दै आएको विद्यालयले जनाएको छ। 

यस्तै विद्यालयका सटरमा पनि सम्झौता अनुसारका व्यपारीहरु नरहेको देखिएको छ। अधिकास सटरहरु विक्री गरिएकाले सम्झौता गरिएका व्यक्ति भन्दा अन्य व्यक्तिले सटरमा व्यापार गर्दै आएका छन्। विद्यालयले सटरहरुको सम्झौता एकै पटक १० बर्षका लागि विना प्रतिस्पर्धा दिएको छ। २०६९ सालमा भएको सम्झौता अनुसार २०७९ साल सम्म तिनै व्यापारीहरुले व्यापार गर्न पाउने उल्लेख गरिएको छ। त्रिनगर माध्यमिक विद्यालयले वषाँैदेखि टेण्डर प्रक्रिया विना नै आफ्नो स्वामित्वमा रहेका सटरहरु व्यापारिक प्रयोजनका लागि न्युन शुल्कमा भाडामा दिएको छ।
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस