बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
जिल्ला अदालत सर्लाहीले बलात्कार मुद्दामा आरोपित ‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बिहीवार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन्। बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको र उहाँलाई महोत्तरी जिल्ला कारागार जलेश्वर चलान गरिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए।