लालझाडीका कृषक समुहलाई कृषि उपकरण वितरण

२०८० पुष २५, ०४:१८
कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकाले कृषक समुहलाई कृषि उपकरण वितरण गरेको छ।
गाउँपालिकाले तीन वटा कृषक समूह र एउटा कृषि सहकारीलाई कृषि उपकरण वितरण गरेको हो। किसानलाई सशर्त अनुदानतर्फ एक थान पावर टिलर, सिँचाइ पाइप, इलेक्ट्रिक स्प्रे ट्याङ्की र इलेक्ट्रिक मोटर वितरण गरिएको कृषि शाखाका प्रमुख दशरथ साउँदले बताए।



कमेन्ट लोड गर्नुस