भारतीय उद्यमीलाई लगानी गर्न आग्रह
काठमाडौँः नेपालको कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन्। लगानीका विविध क्षेत्रमध्ये कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिमा उच्च प्रतिफलको सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न अर्थमन्त्री महतले आग्रह गरेका हुन्।
नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्रअन्तर्गत पर्छ । २० प्रतिशतमा समथर भूभाग छ, बाँकी क्षेत्र हिमाली पर्ने अर्थमन्त्रीले बताए । ‘जलविद्युत् क्षेत्रमा नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुको निर्यातमापनि निजी क्षेत्रले ध्यान दिनुपर्ने अर्थमन्त्रीको भनाइ छ।