सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक लाख बढी भन्सार छलीका सामान बरामद 

२०८० पुष २४, ११:४२ खबर संवाददाता

धनगढीः कैलालीमा एक लाख भन्सार छलीका सामान बरामद गरिएको छ। भजनी नगरपालिका-४ कुडीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार मूल्य बराबरको सुर्ति, प्लाष्टिको झोला, प्लाष्टिकको त्रिपाल लगायतका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-३ भन्सार कार्यालय नजिकबाट अन्दाजी ५१ हजार १ सय ९०मूल्य बराबरको चिनी, प्याज, मैदा, मटर, लेडिज स्विटर, मखमल दोपट्टा लगायतका समान  गरी जम्मा अन्दाजी १ लाख ११ हजार १ सय ९० मुल्य बराबरको सामान प्रहरीले सोमवार बरामद गरेको छ। प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस