सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट पटकपटक अवसर पाएकाहरु नै राष्ट्रिय सभाका उम्मेदवार

२०८० पुष २४, १०:०२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा बहुमत देखिएको सत्ता गठबन्धनका दलले संविधानको मर्म र राष्ट्रिय सभाको चरित्रलाई आत्मसात् नगरी उम्मेदवार बनाएका छन्।

खासगरी गठबन्धनको मुख्य दल कांग्रेसले पटकपटक अवसर पाएका र गुटभित्र पनि नेतृत्वको नजिक भएकालाई उम्मेदवार बनाएकोमा पार्टीभित्रै विरोध भएको छ। राष्ट्रिय सभाका लागि २० सिटको भागबन्डा हुँदा गठबन्धनमा सबैभन्दा ठूलो हिस्सा (१० सिट) कांग्रेसले पाएको छ।

सुदूरपश्चिमबाट बलदेव बोहोरा (अन्य) तथा नारायणदत्त भट्ट (अपांगता, अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ। अन्य समूहबाट उम्मेदवार बोहोरा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन्। उनी जिल्ला विकास समितिमा पूर्वसभापति र २०७० मा समानुपातिकबाट सांसद भएका थिए।

अपांगता कोटाबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट कैलाली जिल्ला कार्यसमितिका पार्टी सभापति हुन्। उनी २०६२/६३ को जनआन्दोलनका बेलामा घाइते भएका थिए। दुई जना उम्मेदवारमध्ये बोहोरा देउवा निकटका मानिन्छन्। 
माओवादीले सुदूरपश्चिममा रेणु चन्द (महिला) लाई उम्मेदवार बनाएको छ। सुदूरपश्चिमबाट उम्मेदवार बनेकी चन्द केन्द्रीय सदस्य छिन्। उनले २०६४ मा बैतडी–२ बाट संविधानसभामा प्रतिनिधित्व गरेकी थिइन्।

दोस्रो संविधानसभा २०७० मा त्यही क्षेत्रबाट उम्मेदवार भए पनि पराजित भएकी थिइन्। त्यस्तै नेकपा एमालेबाट सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन्।

कमेन्ट लोड गर्नुस