सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा

२०८० पुष २३, ०४:४९ खबर संवाददाता

३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसलाई पराजित गर्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ। सुर्खेतमा जारी प्रतियोगितामा सोमवार (आज) भएको दुई विभागीय टिमको खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो। एपीएफले २५–१७, २५–१५, २२–२५ र २५–२० ले पुलिसलाई हराएको हो।

दुई समुहमा विभाजन गरि भइरहेको यस प्रतियोगितामा १० टोली सहभागी छन्। समुह ए मा दुई विभागीय टिम एपीएफ, नेपाल पुलिस, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश छन्। समुह बी मा भने त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन्।

आजको खेलमा पुलिसलाई पराजित गरेको एपीएफ समुह विजेता बन्ने बलियो सम्भावना रहेको छ। एपीएफ ३ खेलमा ३ खेल जित्दै ९ अंक सहित समुह ए को शीर्षमा छ। 
 

कमेन्ट लोड गर्नुस