सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ  

२०८० पुष २३, ११:२१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५० हजार ६ सय मूल्य बराबरको गाडीका बिभिन्न पाटपुर्जासहित धनगढी उपमहानगरपालिका-४ का २२ वर्षीय सुनिल चौधरीसहित दुई जना आईतवार दिउँसो पक्राउ परेका हुन्। प्रहरी गस्ती टोलीले फेला पारी कारवाहीका लागि सामानसहित उनीहरुलाई त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट भन्सार छलीका अन्दाजी २८ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, ललिपप लगायतका समान आईतवार साँझ प्रहरीले बरामद गरेको छ। प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५६ हजार १ सय ४० मूल्य बराबरको कपडा, जुत्ता, मोबाईल कभर लगायतका समान आईतवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस