आजको मौसमः यी दुई प्रदेशमा हिमपात
धनगढीः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमवार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भू–भागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जान सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।