सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुनियर कपको उपाधिका लागि डिस्कोभरी र विद्याभूषण भिड्ने

२०८० पुष २२, ०९:२१ खबर संवाददाता

धनगढीः धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा धनगढीमा जारी स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि डिस्कभरी स्कुल र विद्याभूषण स्कुल भिड्ने भएका छन्।

आइतवार भएको सेमिफाइनलमा डिस्कभरी स्कुलले धनगढी नमूना माविलाई र अर्को सेमिफाइनलमा विद्याभूषण स्कुलले एरिष्टो स्कुललाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। डिस्कोभरीले धनगढीलाई ८ विकेटले पराजित गर्दा ४ विकेट लिएका गौरव खड्का म्यान अफ द म्याच चुनिएका थिए। यस्तै विद्याभूषणले  एरिष्टो स्कुललाई ५६ रनले पराजित गर्दा विवेक दुवालले ४४ रनको निर्णायक पारी खेले। यही पुस १४ गतेबाट सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता थियो।

प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले १५ हजार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने आयोजक डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए।
 

कमेन्ट लोड गर्नुस