कञ्चनपुरबाट डेढ लाख बढीको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलीका करिब १ लाख ५६ हजार १ सय ४० रुपैँया बराबरका जुत्ता, कपडा, धोती, मोजाज , ज्याकेट, मोवाइलका कवर वेबारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।