सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभाका लागि माओवादीले टुंग्यायो नाम, सुदूरपश्चिमबाट रेनु चन्द

२०८० पुष २२, ०३:२५ खबर संवाददाता

काठमाण्डौँः नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ।

आज (आइतबार) बसेको माओवादी पदाधिकारी बैठकले सुदूरपश्चिम प्रदेशमा रेनु चन्द, कोशी प्रदेशमा चम्पा कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विकको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले बताए।

१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो। राष्ट्रियसभा निर्वाचनको भोलि (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ।

कमेन्ट लोड गर्नुस