सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुनियर कपको सेमिफाइनलमा डिस्कभरी, विद्याभूषण, एरिष्टो र धनगढी मावि भिड्ने

२०८० पुष २२, ११:१६ खबर संवाददाता

धनगढीः धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा धनगढीमा जारी स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा डिस्कभरी स्कुल, धनगढी नमूना मावि, विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन्।

आइतबार बिहान हुने पहिलो सेमिफाइनलमा डिस्कभरी स्कुल र धनगढी नमूना मावि तथा दिउँसो हुने अर्को सेमिफाइनलमा विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन्। यही पुस १४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागि १५ टोलीमध्ये यी चार स्कुल सेमिफाइनलमा प्रवेश गरेका हुन्।

प्रतियोगितालाईं धनगढीको स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ। त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, मालिकार्जुन हार्डवेयर एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन्। प्रतियोगिताको फाइनल सोमबार हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ। यस्तै उपविजेताले १५ हजार पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजारसहित डिसिएमा निःशुल्क भर्नासहित चार महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजारसहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए।

कमेन्ट लोड गर्नुस