सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड डिलेश्वरी माविलाई

२०८० पुष २१, ०९:०९ खबर संवाददाता

बैतडीः बैतडीको पुर्चौडी नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड डिलेश्वरी नमुना माध्यमिक विद्यालयले जितेको छ।

डिलेश्वरी माध्यमिक विद्यालयले ११ स्वरर्ण, ४ रजत र ४ कास्यसहित १९ पदक जितेर प्रथम स्थान हासिल गरेको हो। यसैगरी, प्रतियोगितामामा द्वितीय मालिका माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ३ कास्य तथा तृतीय भएको भूमिराज माध्यमिक विद्यालय कुवाकोटले ३ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेका छन्।

शनिवार सम्पन्न भएको प्रतियोगितामा नगर क्षेत्रका १८ माध्यमिक तहका विद्यालयहरूको सहभागिता रहेको थियो। पुस १८ गतेबाट सुरू भएको खेलकुद प्रतियोगिताको शनिवार समापन गरिएको छ। समापन समारोह १ नम्बर वडा अध्यक्ष गणेश गडालको अध्यक्षता र नगरप्रमुख दिपकबहादुर बमको प्रमुख आतिथ्यमा भएको हो।

खेलकुद प्रतियोगितामामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी खेलाडीलाई शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो। खेलकुद प्रतियोगिता गर्न पुर्चौडी नगरपालिकाले  हरेक विद्यालयलाई २० हजार रुपैयाँ व्यवस्थापन खर्च दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए।
No description available.

कमेन्ट लोड गर्नुस