सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

२०८० पुष २१, ०८:४८ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ। राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको हो। बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ। कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस