सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा

२०८० पुष २०, ०९:२४ खबर संवाददाता

आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाल समूह ’डी’ मा परेको छ। प्रतियोगिताको आधिकारिक ब्रोडकास्टर स्टार स्पोर्ट्सकाअनुसार नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ। समूह ए मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड् समूह बी मा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सी मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी रहेका छन्।

नेपाल रहेको समूहको खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्। सन् २०२४ को टी–२० विश्वकपमा १२ टिम सिधै छनोट भएका थिए भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गरेका छन्।
 

कमेन्ट लोड गर्नुस