सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका नगर प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध दायर रिट खारेज

२०८० पुष १९, ०५:४३ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिकाका नगर प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध उच्च अदालतमा दायर रिट खारेज भएको छ।

बिहिवार मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्यायाधीश डालकुमार खड्काको संयुक्त इजलाशले नगर प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध विस्नापति थरुनीले दायर गरेको रिट खारेज गरेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुरानो हवाई मैदानमा रहेको धनगढी नगर विकास समितिको नाममा दर्ता श्रेस्ता भएको जग्गामा अनाधिकृत बसोबास गरिरहेका विस्नापति थरूनी समेतका ९ जनाले उच्च अदालत दिपायलमा उत्पेषण परमादेशको रिट दायर गरेका थिए।

उनीहरूले धनगढी नगर विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र समितिका सदस्य सचिव एवं धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठविरुद्ध उत्पेषण परमादेशको रिट दायर गरेका थिए।

बिहीवार फैसला सुनाउँदै अदालतले रिट खारेज हुने ठहर गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। स्थानीय तहको प्रमुख नै नगर विकास समितिको अध्यक्ष हुने व्यवस्थाअनुसार नगर प्रमुख हमालविरुद्ध रिट दायर भएको थियो।

 

कमेन्ट लोड गर्नुस