सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानले विश्वकप क्रिकेटलक्षित त्रिकोणात्मक सिरिज गर्दै

२०८० पुष १९, ०५:०४ खबर संवाददाता

काठमाडौँः नेपाल क्रिकेट संघ क्यानले नेपालका लागि विश्वकप लक्षित त्रिकोणात्मक सिरिज आयोजना गर्ने भएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयाजित कार्यक्रममा सार्वजनिक गरिएको क्यालेन्डरमा त्रिकोणात्मक सिरिज हुने क्यालेन्डरमा उल्लेख गरिएको हो। नेपालमा हुने खेलमा घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्सबीच सिरिज हुने भएको छ। क्यालेन्डरअनुसार सिरिज २७ फेब्रुअरी–५ मार्च सम्म खेलाइने छ।

डबल राउन्ड रोबिनको आधारमा खेलाइने सो सिरिजको शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। लिग–२ मा नामिबिया, नेदरल्यान्ड्स र नेपालबीचको प्रतियोगिता सकिएलगत्तै त्रिकोणात्मक सिरिज आयोजना गरिएको छ। लिग–२ फ्रेब्रुअरी १७ देखि २४ सम्म खेलाइने छ।
 

कमेन्ट लोड गर्नुस