सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

२०८० पुष १९, ११:१३ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जानकी गाउँपालिका-८ बेबस्थित नगर जाने भित्रि सडक खण्डबाट १३० मिलीग्राम लागूऔषध खैरो हेरोईनसहित लम्किचुहा नगरपालिका-१ भुरुवाका २० वर्षीय समिर चौधरी बुधवार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा टिकापुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस