सुदूर नेपाललाई विश्वसँग जोड्दै

किशोरकिशोरीको स्वास्थ्यमा लगानी बढाउनुपर्ने

२०७६ वैशाख २४, ०५:२८ खबर संवाददाता

किशोरकिशोरीको स्वास्थ्य विकास एवं प्रवर्द्धन गर्नको लागि नेपाल सरकारले पूर्ण सहयोग नीति, कानुन निमार्ण तथा कार्यन्वयन गरेर उदाहरणीय उपस्थिति देखाएको छ। मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले आयोजना गरेको ‘राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति’ सार्वजनिक गर्ने कार्यक्रममा पन्धौं पन्चवर्षीय योजनाको आधारपत्रमा किशोरकिशोरीको यथेष्ट सम्बोधन गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले किशोरकिशोरी भोलिका कर्णधार भएकाले उनीहरुलाई सँधै स्वस्थ राख्नका लागि सरकारले पूर्ण सहयोगका साथ नीति, कानुन निर्माण तथा कार्यान्वयन गरेर उदाहरणीय काम  गरेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै परिवार कल्याण महाशाखाका निर्देशक डा.आरपी बिच्छाले ‘किशोरकिशोरीको आवश्यकतालाई सम्बोधन गरेर सबै स्वास्थ्य केन्द्रमा उनीहरुको मानसिक र शारीरिक अवस्थालाई बुझ्न खोजे पनि  चाहे जस्तो नतिजा ल्याउन नसकेको बताए। उनले किशोरकिशोरीको स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताए।

प्रत्येक सरकारी विद्यालयमा एक जना नर्स राखिएको र यसले पक्कै लक्ष्यमा पुग्न सहयोग पुग्ने उनको दावी छ। तर एक जना नर्सले किशोरकिशोरीलाई सम्पूर्ण कुरा बुझाउन नसक्ने भएकाले पाठ्यक्रममा नै राख्नुपर्ने भए पनि हटाइएको चुनौतीको विषय बनेको सहभागीले दावी गरे। कार्यक्रममा सहभागीहरुले बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले किशोरकिशोरीमा नकारात्मक असर पारेको र यस विषयलाई संम्वेदनशील रुपमा लिन सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन्। 

कमेन्ट लोड गर्नुस