सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी घर भएका एक जना डडेल्धुरामा मृत फेला

२०८० पुष १८, ०२:४९ खबर संवाददाता

डडेल्धुराः बैतडी घर भएका एक जना डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–८ मा बैतडीको दशरथचन्द नगरपालिका–३ घर भएका ३५ वर्षीय नरेश नाथ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले बताए।

बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिएको उनले बताए। मृतकको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिएको छ।

कमेन्ट लोड गर्नुस