हेटौंडामा मोटरसाइकलको ठक्करबाट डडेल्धुराका प्रहरी जवानको मृत्यु
धनगढीः हेटौंडामा मोटरसाइकलको ठक्करबाट डडेल्धुरा घर भएका प्रहरी जवानको मृत्यु भएको छ।
हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकको ठक्करबाट डडेलधुरा आलिताल गाउँपालिका—६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीको मृत्यु भएको हो। पीटी दौडिँदै गर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका ऐडीको हेटौडा अस्पतालमा मृत्यु भएको थियो।
अरु दुई जना घाइते भएका छन्। मोटरसाइकलको ठक्करबाट प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र अर्का प्रहरी जवान विजय खत्री घाइते भएका छन्। मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक हेटौंडा उपमहानगरपालिका –४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन्।