सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ५४ हजार बढीका सामान बरामद

२०८० पुष १८, १०:०० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालि-३ ट्राफिक चोकबाट अबैध रुपमा ल्याएका अन्दाजी ५४ हजार ३ सय ९० मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको विद्युतिय स्विच बटन, सकेट, राउन्डिङ प्लेट, एमसीबी, बिजुलीको तार, होल्डर, ईन्डिकेटर आन्टी, ललिपप, बिडी, पेडा मिठाई लगायतका सामान मंगलवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस