सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप दुर्घटनामा घाईते पत्रकार भट्ट कोहलपुर रेफर

२०७६ वैशाख २४, ०२:५० खबर संवाददाता

कञ्चनपुरमा आज बिहान भएको जिप दुर्घटना परी घाईते भएका पत्रकार शिवराज भट्टलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ। अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख भट्टलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको हो। भट्टको घाँटीमा चोट लागेकाले धनगढीमा उपचार सम्भव नभएपछि कोहलपुर पठाईएको हो।

उनलाई धनगढीको माया मेट्रो अस्पतालले कोहलपुर रेफर गरेको हो। तर अवस्था भने गम्भीर नरहेको चिकित्सकहरुले बताएका छन्। विवाहका लागि धनगढीबाट कञ्चनपुरको बेलौरी तर्फ जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो जिप पुनर्वास नगरपालिका वडा नम्बर २ दुर्घटनामा पर्दा पत्रकार भट्ट सहित तीनजना घाईते भएका थिए। 
 

कमेन्ट लोड गर्नुस