सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका क्यारिङ्कर्ता गड्डाचौकी भन्सार विरुद्ध आन्दोलित

२०८० पुष १६, ०६:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका क्यारिङ्कर्ताहरु गड्डाचौकी भन्सार कार्यालय विरुद्ध आन्दोलित भएका छन्।

भन्सार कार्यालयले भारतबाट साइकलमा क्यारिङ गरी ल्याउने समानको भन्सार काट्न छोडेपछि क्यारिङ गरी दैनिकी चलाइरहेका करिब ४ सय जना आन्दोलित भएका हुन्। सोमबार जिल्लामा सकृय क्यारिङ्कर्ताहरुले भन्सार कार्यालय र सरकार विरुद्ध नारा लगाउदै साइकलमा महेन्द्रनगर बजार परिक्रमा गरेका छन्।

३० वर्षदेखि भन्सार काटी समान ल्याउने गरेकोमा भन्सार कार्यालयले पछिल्लो तीन महिनादेखि भन्सार काट्न छाडेपछि क्यारिङ्कर्ता सडकमा उत्रिन बाध्य भएको आन्दोलनमा सहभागीहरुको गुनासो छ। गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले भने साइकल क्यारिङ गर्नेहरूको भन्सार नकाट्ने कानुनी प्रावधान रहेको बताए।

कमेन्ट लोड गर्नुस