सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बालकुमारी घटना’मा आज संसदीय समितिले गृहमन्त्रीको जवाफ माग्ने

२०८० पुष १६, ०७:५९

काठमाडौं: बालकुमारी घटनाबारे प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीसँग जवाफ माग्ने भएको छ। त्यसका लागि बिहान साढे ८ बजे समितीको बैठक बोलाइएको छ। 

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव र नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई छलफलमा बोलाएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। शुक्रबार ईपीएस मार्फत कोरिया जान परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो। 

घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। यस्तै घटनाको छानविन नसकिएसम्मका लागि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका ‘पीएसओ’ बोधराज दनुवार र सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल पनि निलम्बनमा परेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालयमा तानिएका छन्। 

कमेन्ट लोड गर्नुस