सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० को दोस्रो क्वालिफायरमा

२०८० पुष १५, ०५:३८ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश जारी प्रधानमन्त्री कप महिला टी–२० को दोस्रो क्वालिफायरमा पुगेको छ।

आइतवार सम्पन्न इलिमिनेटरमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको हो। बागमती प्रदेशले दिएको १०० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यस अघि पहिला ब्याटिंग गर्दै बागमती प्रदेशले १९ ओभरमा अल आउट हुदै ९९ रन मात्र बनाएको थियो।

यो हारसँगै बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै यस खेलको विजेता सुदूरपश्चिम प्रदेशले भने अब दोस्रो क्वालिफायरमा कोशी प्रदेशको सामना गर्ने छ। दोस्रो क्वालिफायर खेल सोमबार हुने छ। त्यस्तै दोस्रो क्वालिफायरको विजेताले फाइनलमा एपीएफको सामना गर्ने छ । फाइनल खेल बुधवार हुने छ।
 

कमेन्ट लोड गर्नुस