सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक वर्ष सकिन दुई महिना बाँकी , सुदूरपश्चिम सरकारको पुँजीगत खर्च १५ प्रतिशत मात्रै

२०७६ वैशाख २४, ०१:०४ खबर संवाददाता

आर्थिक वर्ष सकिन केही समय बाँकी रहेका बेला प्रदेश सरकारको बजेट खर्चको अवस्था भने निराशाजनक देखिएको छ। प्रदेश सरकारले चैत मसान्त सम्म १५ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेले पुँजीतर्फ १० अर्ब १८ करोड ८२ लाख ९६ हजार तीन सय बजेटको अख्तियारी प्राप्त भएकोमा चैत मसान्त सम्म एक अर्ब ५५ करोड ५२ लाख ८२ हजार तीन सय ९६ रुपैया मात्र खर्च भएको जानकारी दिए।

जुन अख्तियारी प्राप्त भएको बजेटको १५ दशमलव २६ प्रतिशत हुन आउँछ। उनका अनुसार  चालु खर्चतर्फ १२ अर्ब २५ करोड २९ लाख ३० हजार ६ सय एक रुपैयाको अख्तियारी आएकोमा १७ दशमलव ३७ प्रतिशत अथात् २ अर्ब १२ करोड ९१ लख ६२ हजार ८८ रुपैया खर्च भएको छ। चालु र पुँजीगत खर्च समेत गरेर हाल सम्म कोष तथा लेखा नियन्त्रण कार्यालयलाई २२ अर्ब ४४ करोड २२ लाख २६ हजार बजेटको अख्तियारी प्राप्त भएको छ।  प्रदेश सरकारले चालु वर्षका लागि २५ अर्ब बजेट ल्याएकोमा आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहेका बेला करिब अढाई अर्बको अख्तियारी कोलेनिकाले पाएको छैन्। 
 

कमेन्ट लोड गर्नुस