सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुपर लिगलको च्याम्पियनका लागि धनगढी र ललितपुर भिड्दै

२०८० पुष १४, ०९:२५ खबर संवाददाता

धनगढी : नेपाल सुपर लिगको च्याम्पियनका लागि धनगढी र ललितपुर भिड्दैछन्। दोस्रो संस्करणको सुपर लिगको च्याम्पियका लागि धनगढी एफसी दोस्रो र ललितपुर सिटी पहिलो पटक फाइनल पुगेका हुन् ।

साबिक विजेता दोस्रो प्ले अफबाट बाहिरिएपछि सुपर लिगले नयाँ विजेता पाउन लागेको हो। दुवै टोलीका कप्तान तथा प्रशिक्षकले उपाधि जित्न सबै प्रयास गर्ने बताएका छन्। धनगढी र ललितपुरको फाइनल यात्रामा विदेशी खेलाडी नै नायक देखिएका छन्। उपाधि जित्न पनि यी दुवै टोलीका प्रशिक्षकले मैदानमा एकै पटक पाँच विदेशी खेलाडी उतार्ने सम्भावना उत्तिकै छ।

धनगढीका प्रशिक्षक युगलकिशोर राईले प्रतिस्पर्धा स्तरीय हुने र भाग्यमानी टोली च्याम्पियन हुने बताए। ललितपुरका अस्ट्रेलियान प्रशिक्षक इआन आन्द्रे गिलानले २८ घण्टाको बीचमा खेल्दा समस्या हुने बताएका छन्।

 

कमेन्ट लोड गर्नुस