सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाटका स्वास्थ्यकर्मीले पाएनन् तलब

२०८० पुष १४, ०७:३७ खबर संवाददाता

धनगढी : सङ्घीय सरकार मातहत रहेको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तलब पाएका छैनन। मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको थियो। उनीहरूले घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन ।

झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोगहरू (कोभिड, मलेरिया, एचआइभी) जस्ता रोगको परीक्षण हुँदै आएको छ। ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाएका छन्।

अन्तर्राष्ट्रिय सीमानाकाको स्वास्थ्य चौकी भएकाले सङ्घीय सरकार मातहत छ। उनीहरुले सेवा सुविधा नपाएको भन्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालय मातहत रहेको स्वास्थ्य कार्यालय बैतडीसँग गर्दै आएका छन्। तर, प्रमुख योगेशप्रसाद भट्टले स्वास्थ्य कार्यालयमा गुनासो पोखे पनि केही गर्न नसक्ने बताए। भारतमा पुनःकोरोनाको सङ्क्रमण देखिएकाले झुलाघाट स्वास्थ्य चौकीमा अन्य सरुवा रोगसँगै कोरोना परीक्षण सुरु गर्ने जिल्लामा निर्णय भए पनि स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरिरहेको स्वास्थ्य प्रमुख भट्टले बताएका छन्।

दसैँ तिहारमासमेत तलब नआउँदा चाडपर्व खल्लो भएको ल्याब टेक्निसियन धनवीर धामीले बताए।

 

कमेन्ट लोड गर्नुस