सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक न्याय प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

२०८० पुष १३, १०:३० खबर संवाददाता

धनगढीः धनगढीमा दलित महिला किशोरी र सीमान्तकृत समूहको लैगिंक तथा सामाजिक  न्याय प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शुक्रवार दलित महिला संघले किशोरी र सीमान्तकृत समूहको लैगिंक तथा सामाजिक समस्याका विषयमा पत्रकारसँग छलफल गरेको हो। कार्यक्रममा जातीय र लैङ्गिक विभेदको अवस्था र यसको न्यूनीकरणको विषय छलफल गरिएको थियो। दलित महिला संघले दलित अन्य,जनजाति बालबालिका र विपन्न महिलाहरूका क्षेत्रमा काम गरिरहेको छ।

सामाजिक न्यायमा समान पहुँच विस्तार गर्दै जातीय विभेद, असमानता र लैङ्गिक विभेदको अन्त्य गर्न मिडिया र मिडियाकर्मीको भूमिका महत्त्वपूर्ण हुने कार्यक्रमका वक्ताहरूले बताएका थिए। कार्यक्रममा विनोदकुमार घिमिरेले प्रस्तुति गरेका थिए भने पत्रकारहरूले विभेद अन्त्य गर्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका थिए।
 

कमेन्ट लोड गर्नुस