सुदूर नेपाललाई विश्वसँग जोड्दै

वगर खेती प्रवद्र्धन गर्ने धनगढी उप–महानगरपालिकाको योजना अलपत्र

फाईल फोटो
फाईल फोटो
२०७६ वैशाख २४, १२:११ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाले ल्याएको वगर खेती प्रवद्र्धनको योजना अलपत्र परेको छ। आर्थीक वर्ष सकिन केही समय मात्र बाँकी रहेका बेला उप–महानगरपालिकाले वगर खेती प्रवद्र्धन गर्ने योजना कार्यान्वयन गर्न नसकेको हो। नगर क्षेत्रका नदी तथा खोला छेउको खाली स्थानको सदुपयोग गर्दै स्थानीयलाई कृषि पेशामा आत्मनिर्भर बनाउने उद्देश्यले ल्याईएको वगर खेतिको अवधारण कार्यान्वयन गर्न ढिलाई भएको छ।

भारतीय मुलका नागरिकले वगरमा उत्पादन गरिएका कृषि उपज विक्रि गर्ने समय भइरहेका बेला उप–महानगरपालिकाले योजना कार्यान्वयन गर्न नसकेको हो। उप–महानगरपालिकाको कृषी विकास शाखाकी प्रमुख सुवास्ना चौधरीले कर्मचारी आउने जाने क्रमका कारण कार्यक्रम कार्यान्वयन गर्न ढिलाई भएको बताईन्। अहिले जिल्लाको मोहना खुटिया लगायतका अन्य नदीहरुमा वषौँ देखि किनासहरुले वगर खेती गरिरहेका छन्।

सिजिनल हिसावले वगर खेती हुने भएकाले छोटो समयमै राम्रो आम्दानी हुने भएकाले यसतर्फ किसानको अकर्षण बढ्दै गएको छ तर स्थायित्व हुन सकेको छैन्।  वगर खेतिमा काँक्रा, लौका, फर्सी लगायतका अन्य तरकारी तथा फलफुलहरु उत्पादन गरिदै आएका छन्। वषौँदेखि भारतीय नागरिकहरू नेपालका विभिन्न नदी बगर छेउमा खेती गरेर मनग्य आम्दानी गर्न सफल भएको भएपनि स्थानीय सरकारले ल्याएको योजना समेत कार्यान्वयन नगरेको हो। उप–महानगरपालिकाले वगर खेति प्रवद्र्धन कार्यक्रमका लागि ७ लाख वजेट विनियोजन गरेको छ। कृषिबाट आर्थीक सम्वृद्धी ल्याउने नारा लगाई रहेका वेला विनियोजन गरिएको वजेट समेत समयमा खर्च हुन सकेको छैन । 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस