धनगढीमा विद्यालय स्तरीय फुटबल लिग हुँदै

धनगढीः कैलालीको धनगढीमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। आगामी केही दिनमा प्रतियोगिताको मिति र पुरस्कार राशि घोषणा गर्ने तयारी भइरहेको छ।
लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले श्री कलेज धनगढी फुटबल लिग (श्री कलेज डिएफएल–२) २०८० फागुनको दोस्रो हप्तादेखी आयोजना गर्ने तयारी गरेको क्लबको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।
कक्षा १२ सम्म सञ्चालित विद्यालयहरूले फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। १६ वटा टिम सहभागी गराउने लक्ष्य लिएको अध्यक्ष शाहीले बताए।
प्रतियोगिताको विजेता, उपबिजाते एवं उत्कृष्ट विधाका खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ। प्रतियोगिता लिग कम नक– आउट फर्म्याटमा खेलाइने जनाइएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने (कक्षा१२ सम्मका) विद्यालयहरूलाई यही पुस २० गतेभित्र टिम दर्ता गरिसक्न हुन आग्रह गरिएको अध्यक्ष शाहीले जानकारी दिए। केही साता अघि मात्रै यही क्लबले क्रिकेट प्रतियोगिताको आठौँ संस्करण पनि सफलतापूर्ण रूपले सम्पन्न गरिसकेको छ ।

