डोटीको वडा कार्यालयमा आगजनी

डोटी जिल्लाको वडीकेदार गाउपालिका वडा नम्बर ४ को वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ। मान्नाकापडीमा रहेको वडा कार्यालयमा अज्ञात समूहद्धारा आगजनी गरिएको हो। जिल्लाको दक्षिणी क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र पसी सामाग्रीहरू एक ठाउँमा जम्मा गरेर आगो लगाइएको वडा नम्बर ४ का वडा अध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताए।
रातिको समयमा आगजनी भए पनि आज बिहान मात्र प्रहरीलाई खवरभएपछि इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटना स्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए। आगो कस्ले लगायो, किन लगायो भन्ने विषयमा भने केही पत्ता लागेको छैन।



