सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले सडकमा पर्ने पर्खाल नभत्काएपछि...

२०८० पुष १२, ०७:४८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले जिल्ला प्रहरी कार्यालय कैलालीको भवन भत्काइदिन आग्रह गरेका छन्।

धनगढी उपमहानगरपालिका–१४ ‘डी’ गाउँस्थित आसरा सुधार केन्द्र फूलबारीको उद्घाटन कार्यक्रममा बोल्दै मेयर हमालले धनगढीको सडक विस्तारमा प्रहरी कार्यालयको भवनले अवरोध गरेको गुनासो गरे। सुधार केन्द्रको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर प्रमुख अतिथि थिए।

कार्यक्रममा मेयर हमालले भने, ‘विकास विरोधी प्रहरी भन्नु नपरोस्, सडकमा परेको भवन भत्काइदिनुहोला।’ धनगढीको मुख्य बजारको सडक विस्तारका क्रममा ४२८ जनताले आफ्नो घर भत्काएको उनले बताए।

उनले भने, ‘धनगढीको जनताले ४२८ घर भत्कायो। अब बाटो द्रूतगतिमा बनिरहेको छ। जिल्ला प्रशासन कार्यालयले बाउन्ड्रीभित्र हालिसक्नुभयो, जिल्ला प्रहरी कार्यालयमा हामीलाई व्यवधान आएको छ। एउटा नजिर स्थापित नहोस्, हामीले सधैं नेपाल प्रहरीको गुन गाउन पाइयोस्, विकास विरोधी प्रहरी हामीले भन्नु नपरोस्, सहजीकरणका लागि आदेश होस्।
 

कमेन्ट लोड गर्नुस