सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ३ को सिन्धुली अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०५:५०

प्रदेश नम्बर ३ कोे सिन्धुली अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ। सामाजिक विकास मन्त्रालयले लागू गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सिन्धुली अस्पतालमा सुरु गरिएको हो। 
नसर्ने रोगको समयमै पहिचान गरी विपन्न नागरिकलाई सजिलैसँग स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेपछि सिन्धुलीका ग्रामीण क्षेत्रका बासिन्दाले सुविधा पाउने भएका छन्।

कार्यक्रम उद्घाटन गर्दै सांसद हरिबोल गजुरेलले नियमित स्वास्थ्य परीक्षण गरेमा रोगको शुरुवाती चरणमै उपचार गर्न सकिने र यसबाट धन र ज्यान दुवै जोगाउन सकिने बताए।
 

कमेन्ट लोड गर्नुस