सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा छिट्टै एमआरआई सेवा सुचारु हुने

२०८० पुष ९, ०६:०९ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन हुने भएको छ। एमआरआई सेवा सुचारु गर्नका निमित्त आइतवार (हिजो) अस्पतालमा मेसिन ल्याइएको हो।

छिट्टै मेसिन जडान गरेर सेवा सुचारु गरिने अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए। यसअघि अस्पतालमा एमआरआई सेवा नहुँदा यसक्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए।

एमआरआई उच्चस्तरको प्रविधि हो। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ।
 

कमेन्ट लोड गर्नुस