प्रधानमन्त्री कपमा सुदूरपश्चिमको तेस्रो जित
काठमाडौँः प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा सोमवार भएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।
सुदूरपश्चिमलाई तेस्रो जित दिलाउने क्रममा कविता जोशीले ब्याटिङमा २७ रनमा अविजित रहिन् भने बलिङतर्फ २ विकेट लिइन्। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीले दिएको ८८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक २८ रन बनाइकी थिइन्।
बागमतीका लागि अस्मिना कर्मचार्य र सोनी पाख्रिनले समान १÷१ विकेट लिए। बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाउँदा ओपनर कञ्चन श्रेष्ठले सर्वाधिक १९ रन बनाइन्। अर्की ओपनर हेलिशा गुरुङले १६, सोनी पाख्रिनले १३ र सलिना सिलवालले १० रन बनाइन्।
सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले समान २÷२ विकेट लिइन्। मनिषा चौधरी र जानकी जोशीले १÷१ विकेट लिए। जारी प्रधानमन्त्री कपमा बागमतीको दोस्रो हार हो। बागमती यसअघि कोशी प्रदेशसँग ८ विकेटले पराजित भएको थियो। सुदूरपश्चिमले अर्को खेल मधेश प्रदेशसँग खेल्नेछ भने बागमतीले लुम्बिनी प्रदेशसँग खेल्नेछ।