सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा करेन्ट लागेर एक पुरुष घाइते

२०८० पुष ८, ०९:५१ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा करेन्ट लागेर एक पुरुष घाइते भएका छन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर अन्दाजी ५० वर्षीय मकरबहादुर शाही घाइते भएका छन्।

साझको रुखमा घाँस काट्नेक्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाही घाइते भएका हुन्। उनको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस