सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०४:२१

संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ।  एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा डा.बाबुराम भराई रहेका छन्।

यस्तै वरिष्ठ नेतामा अशोक राई तथा पार्टीको सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्, भने उपाध्यक्षमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन्।  

यस्तै महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कंङदङ्वा, रामसहायप्रसाद यादव रहेका छन् भने, उपमहाचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी गरी ३ जना नै रहेका छन्।

यस्तै सचिवमा संघीय सरकारका वर्तमान शहरी विकास मन्त्री मोहम्दम इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह गरी ४ जना रहेका छन भने, कोषाध्यक्षमा प्रदेश नम्बर २ का अर्थ मन्त्री विजय यादवले जिम्मेवारी पाएका छन। 

कमेन्ट लोड गर्नुस