सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाबाट भित्रीएका २ जनामा कोरोना संक्रमण 

२०८० पुष ८, ०५:५४ खबर संवाददाता

धनगढीः सुदुरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतवार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ भने ९२ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदुरपश्चिममा भित्रीनेमा दिनहु कोरोना संक्रमण देखिन थालेको छ। गत हाप्ता बुधवार र विहीवार पनि २÷२  जनामा कोरोना संक्रमण देखिएको थियोे। 
 

कमेन्ट लोड गर्नुस