सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

२०८० पुष ८, ०४:३५

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा आजपनि (आइतवार) ‘हेर्दाहेर्दै’ मा परेको छ। जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको थियो।

आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको जिल्ला अदालतले जनाएको छ। अब न्यायाधीश ढकालकै इजालसमा सोमवार पनि सुनुवाइ हुनेछ। यसअघि पटक पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएका थिए। अन्तिम फैसला नगरी पन्छाइँदै आएको थियो।

यो मुद्दा अहिलेसम्म ३३ पटक पेशी चढिसकेको छ। आज न्यायाधीश ढकालले ‘हेर्दाहेर्दै’ मा राखेकाले अर्को पेशीमा अन्तिम फैसला आउन सक्ने कानून व्यवसायीले आँकलन गरेका छन्।
 

कमेन्ट लोड गर्नुस