सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागुऔषधसहित किशोर पक्राउ

२०८० पुष ८, ०८:४८ खबर संवाददाता

धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय पक्राउ परेका हुन्।

उनको स्थायी ठेगाना भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल हो। वडा प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले उनलाई एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस