होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा जोशी

धनगढी : होटल व्यवसायी महासंघ, सुदूरपश्चिमको अध्यक्षमा रमेशप्रसाद जोशी विजयी भएका छन्। कञ्चनपुरका परमानन्द भण्डारीलाई पराजित गर्दै जोशी अध्यक्षमा विजयी भएका हुन्।
जोशीले २४ मत पाएर जित निकाल्दा भण्डारीले १७ मत पाए। जोशी डडेल्धुराको होटल मेघा क्लासिकका संचालक हुन्।
उपाध्यक्षमा रामचन्द्र रेग्मी, महासचिवमा तेजबहादुर बोहरा, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर सिह भने सर्वसम्मत चयन भएका छन्।
सदस्यमा विष्णा बोहरा, सीता चौधरी, पूजा रावल, मनिषा खत्री, ज्ञानबहादुर चौधरी, सन्तोष नाथ, भीम देउवा, दिपकबहादुर रावर र नरेन्द्रबहादुर चन्द चयन भएका छन्।



