सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघको अध्यक्षमा वडू

२०८० पुष ७, ०६:५९ खबर संवाददाता

धनगढीः कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघको अध्यक्षमा विष्णुदत्त वडू सर्व सम्मत चयन भएका छन्।शनिवार गोदावरीमा सम्पन्न कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघको दोश्रो अधिवेसनबाट बडूको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो।

संघको उपाध्यक्षमा दिपक चन्द, महिला उपाध्यक्षमा रोसनी शाही, सचिवमा जयराम चौधरी, सह–सचिवमा राजेन्द्र पौडेल र कोषाध्यक्षमा ज्ञानेन्द्र आचार्य सर्वसम्मत चयन भएका निर्वाचन अधिकृत सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए।
यसैगरी, सदस्यमा केशव सिंह, पुर्णबहादुर केसी, पासाङढिक्की शेर्पा, थानेश्वरप्रसाद जोशी र तेज कार्की निर्विरोध चयन भएका निर्वाचन अधिकृत भट्टले बताए। निर्वाचित पदाधिकारीको शनिवार नै सपथ गराइएको छ।

अध्यक्षमा निर्वाचितभएका वडू शिवशक्ति फिर्निचर एण्ड स्टील उद्योग धनगढीका सञ्चालक हुन्। उनले संस्थालाई बलियो बनाउँदै व्यवसायिक हक हितका लागि सवैसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन्। ‘आर्थिक मन्दिको प्रभाव र सरकारी नीतिका कारण आज फिर्निसिङ व्यवसाय संकटमा परेका छन्,’ नवनिर्वाचित अध्यक्ष वडूले भने, ‘राज्यलाई कर तिर्ने र यहाँका नागरिकलाई रोजगारी दिएर गरेको योगदानको कदर हुन सकेको छैन, हामी त्यसका लागि लड्ने छौं।’

आफ्नै देशमा केही गर्नुपर्छ र अरुलाई पनि रोजगारी दिनुपर्छ भन्ने उद्देश्यका साथ सानै उमेरदेखि व्यवसायमा सक्रिय वडू सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका छन्।
 

कमेन्ट लोड गर्नुस