सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब बैतडीको पुर्चौडीका शिक्षकले महिना दिनभित्रै तलब पाउने

२०८० पुष ७, ०५:२३ खबर संवाददाता

धनगढी: बैतडीको पुर्चौडी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब मासिक रूपमा निकासा गर्ने भएको छ। नगरपालिकाले आगामी माघदेखि शिक्षकहरूलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय गरेको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले माघदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय भएको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत कुँवरले यो सँगै अन्य पाँच निर्णय गरी बिहिवार कार्यभार समालेका हुन्। नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब त्रैमासिक रूपमा उपलब्ध गराउँदै आएकोमा अब भने मासिक तलब निकासा गरिने भएको हो।

पुर्चौंडी नगरपालिका गत असोज २५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएपछि स्वास्थ्य शाखा प्रमुख कुँवरलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि बढीमा दुई महिना प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक कार्य गर्न हिजो पुस ४ गते जिम्मेवारी दिएको थियो। कुँवरले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए लगत्तै नगरपालिकाले सामाजिक सुरक्षा भत्ता तथा उपचार खर्च सम्बन्धमा, प्रशासनिक सुशासन तथा एकीकृत अनुगमन, नागरिक सहायता तथा सोधपुछ कक्ष स्थापना, थप कार्य जिम्मेवारी र अपाङ्गता परिचय पत्र वितरण गर्ने पाँच वटा निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस