सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र अत्तरियामा बिहानबाट अवरुद्ध विद्युत साँझ ५ बजेपछि सुचारु हुने 

२०८० पुष ७, ०४:०८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र अत्तरियामा आज बिहानै देखी विधुत अवरुद्ध भएको छ। बिहानबाट अवरुद्ध भएको विद्युत साँझ ५ बजेपछि मात्र सुचारुहुने भएको छ। नेपाल विधुत प्राधिकरण धनगढी वितरण केन्द्रले १३२÷३३÷११ केभीको अत्तरियामा सवस्टेसन मर्मत सम्भार कार्य भइरहेकाले विधुत अवरुद्ध भएको जनाएको छ।

नेपाल विधुत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गोहीभारका अनुसार आज साँझ साढे ५ बजेसम्म बिद्युत सुचारु हुने छ। मर्मत कार्य सकिए निर्धारित समय भन्दा अगाडी वा पछाडि पनि विधुत सुचारु हुनसक्ने प्राधिकरणका प्रमुख मिथिलेुकुमारले बताए।
 

कमेन्ट लोड गर्नुस