सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याराताल कञ्चनपुरमा ‘गोही’ बनाउँदै निजी क्षेत्र

२०८० पुष ७, ०२:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–९ मा रहेको प्यारातालको जैविक पहिचानका लागि उद्योग वाणिज्य संघ पुनर्वासले गोही बनाउने भएको छ।

जैविक विविधता भएको प्यारा तालको पहिचान झल्काउदै पर्यटन प्रबद्र्धनका लागि अभियान नै सुरु गरिएको छ। सोहि अभियान अन्तर्गत उद्योग वाणिज्य संघ पुनर्वासले गोहीको प्रतिमा निर्माण गर्ने भएको छ। विश्वमै दुर्लभ रहेको जलचर प्राणीको मुख्य वासस्थान रहेको सो ताल जैविक हिसावले महत्वपुर्ण मानिएको छ।

ओझेलमा पारिएको प्यारा तालको पर्यटन प्रवद्र्धनका लागि सुरु गरिएको नागरिक अभियानमा जैविक पहिचानलाई स्थापित गर्दै पर्यटन विकासका लागि गोहीको प्रतिमा निर्माण गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले बताए। ताल पहिचानको स्थापनाका लागि माछाको स्तम्भ निर्माण गर्न सुरु गरिएको अभियानमा अहिलेसम्म माछाको प्रतिमा, सेल्फी स्पट, ओदको प्रतिमा र कछुवाको प्रतिमा निर्माण गरिसकिएको छ।

९ नम्बर वडा कार्यालयको सहयोगमा ताल परिसरमा वाटर फाउन्टेन,  निर्माण गर्ने तयारी समेत भइरहेको प्यारातालको पर्यटन विकासका लागि सुरु गरिएको नागरिक अभियानका संयोजक दीपेन्द्र बस्नेतले बताए। अहिलेसम्म तालको पहिचान झल्किने  माछा, ओद, कछुवाको प्रतिमा तयार भइसकेको बताउँदै उनले सेल्फी स्पट समेत तयार भएर मयुर, गोही र वाटर फाउन्टेन निर्माण कार्य सुरु हुने तयारीमा छ।

कमेन्ट लोड गर्नुस